खबर पूर्वाञ्चल
कला, शिक्षा, कानून संकायको डीनमा जनसंख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमलप्रसाद दुलाल नियुक्ती भए । त्यसैगरी, विज्ञान तथाप्रविधि संकायको डीनमा प्रा. डा. पवनकुमार झा र ईञ्जिनियरिङ संकायको डीनमा प्रा. डा. भोलानाथ शर्मा घिमिरे नियुक्ती भए । झा पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक हुन भने घिमिरे त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पुल्चोक ईञ्जिरिङ क्याम्पसमा कार्यरत प्राध्यापक हुन् ।
पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपतिप्रा. डा. विजुकुमार थपलिया र रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले नव नियुक्त डीनहरुको कार्यकाल सफलताको कामना गर्दै उहाँहरुको कार्यकालमा विश्व विद्यालयले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । नवनियुक्त डीन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्व विद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोगगर्ने प्रतिवद्धता जनाए । डीनद्वय झा र घिमिरेले विश्व विद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।