AArya
RUMPUM
animated ellipse animated ellipse

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ वटा ढोका खुल्ला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७८, बुधबार ०९:२२
1.24k
Shares
सुनसरी / पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ वटा ढोका खुल्ला गरिएको छ । मंगलबार विहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशीको १२ ढोका खुल्ला गरिएको हो ।

अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छन् ।’

सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर