AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सांसद बिन्दिया कार्कीको छोराले गराएको दुर्घटना गराएको प्रकरणमा दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ती दिन माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०७८, आईतवार १६:५८
2.72k
Shares
विराटनगर / प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको छोरा रोविन भनिने रविन कार्कीले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार दुर्घटनामा एक जना मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरी भएको दुर्घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही र पीडित परिवारलाई क्षतिपूर्ती दिन मजदुर संगठनहरूले माग गरेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र र अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ ले आज छुटा छुट्टै रूपमा प्रेस विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेको हो ।

बिहीबार राती विराटनगर – ४ एयरपोर्ट मोडको होटल एसियाटिक होटल अगाडी प्रदेशसभा सदस्य कार्कीका छोरा रविनले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार दुर्घटनामा परेको थियो ।

कार्कीले चलाएको कारले पैदलयात्री मजदुरलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका मजदुर हन् ।

घटना भएको तीन दिन भइसकेको र घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ नगरि घटना ढाकछोप गर्न खोजिएको प्रति महासंघको गम्भिर ध्यानकर्षण भएको विज्ञाप्तीमा उल्लेख छ ।

‘मृतक मजदुरप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्यलभाको कामना सहित मतृकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च सहित क्षतिपूर्तिको माग गर्दछौं,’ अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङका अध्यक्ष गंगाराम थापाले जारी गरिएको विज्ञाप्तीमा भनिएको छ, ‘घटना घटाउने कार्कीलाई यथाशिघ्र नियन्त्रणमा लिइ स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी कानुनी कार्वाहीको लागि जोडादार माग गर्दछौं ।’

यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का सह इन्चार्ज उपेन्द्र रायले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही, घाइते मजदुरको सम्पूर्ण उपचार खर्च र पीडित परिवारलाई क्षतिपूर्ती दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर