पूर्वाञ्चल खबर
एक महिना अघि सामाजिक विकास मन्त्रालय मर्फत सोर्स लगाएर पहिलो खोप लगाएका मोदीले सिटी सिनेमा हलमा पहिलो डोज लगाएको अवधि नपुगी ४ हप्तामै खोप लगाएको खोप कार्यमा संलग्न एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार त्यहाँ १५ भायल खोप लगाएर १५० जनाको नाम मन्त्रालयमा दिईएको छ ।
स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुका अनुसार एक भायल खोपले ११ जनालाई सम्मलाई लगाइने गरिएको छ । कतिपय सन्दर्भमा यो विवरण नराखीकन खोप कार्ड मात्रै दिईएर खोप लगाउने गरिएको छ । त्यसदिन पनि १६० भन्दा बढीले खोप लगाएको नाम नबताउने शर्तमा खोप कार्यमा संलग्न एक कर्मचारीले बताए । मोदी लगत्तै खोप लगाएकी एक महिलाले भनिन्,‘ उहाँ कुर्सीमा गएर बस्नुभयो, मलाई खोप लगाभन्नुभयो अनि खोप लगाएर हिड्नुभयो, तर सामाजिक सञ्जालमा आएका नामहरुमा उहाँको नाम थिएन ।’
मोदीले पनि आफुले खोप नलगाएको दावी गरेका छन् । तर मोदी त्यहाँ पुगेको तस्वीर नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।