AArya
RUMPUM
animated ellipse animated ellipse

टेबलटेनिस सिंगल्सको राष्ट्रिय प्रतियोगितामा विराटनगर एभरेष्टका सुशान्त दोस्रो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०८१, बिहीबार १८:३४
63
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका सुशान्त मेहेता पोखरामा जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो भएका छन् ।

मेहेता कोशी प्रदेशको प्रतिनिधित्व गर्दै यू–१५ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसको ब्वाईज सिंगल्समा दोस्रो भएका हुन्। ब्वाइज सिंगल्सको फाइनल खेलमा बागमती प्रदेशका जयस्नु महर्जनसँग ८–११, ११–५, ११–७, ११–६ को सेटले पराजित भएपछि मेहता दोस्रो भएका हसन् । सोही इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ तृतिय भए । गर्ल्स सिङल्सतर्फ भने बागमतीकी नर्मदा खाइतुले कोशी प्रदेशकी सुलेखा कुमारी ठाकुरलार्इ ११–९, ४–११, ११–५, १३–११ सेट स्कोरले पराजित गर्दै बिजेता भनिन्। यस्तै मिक्स डबल्स इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरको जोडीले काँस्य पदक प्राप्त गरेको छ । यस्तै प्रतियोगिता अन्तर्गत टेबल टेनिसको समग्रमा कोशी प्रदेश २ रजत र २ कास्य पदक सहित उपविजेता बनेको छ ।

प्रतियोगितामा बागमती प्रदेश प्रथम हुँदा लुम्बिनी प्रदेश तृतीय भएको छ । सातै प्रदेशको प्रतिनिधित्व रहेको उक्त प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मेहतासँगै चार जना छात्र र चार जना छात्राले भाग दिएका थिए। मेहता भने कोशी प्रदेशबाट प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा भहभागि भए ।

कोशीबाट टेबलटेनिसका लागि छात्र तर्फ मेहतासँगै यथार्थ आचार्य र छात्रा तर्फ विज्ञता थापा र मानसी सेठिया (मोरङ) तथा छात्र तर्फ गौतम तामाङ र स्वर्णिम कार्की र छात्रा तर्फ सुलेखाकुमारी ठाकुर र सुधा पोखरेल (सुनसरी) छनौट भएका थिए। पोखरामा जारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, ब्याडमिन्टन, बुद्दिचाल, रग्वी र बास्केटबलका विभिन्न स्पर्धाहरू भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर