पूर्वाञ्चल खबर
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण मुक्त भएको जनाएको छ ।
संक्रमणका कारण आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको छ ।