AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तीन दिनको फरकमा कोरोनाले लियो आमा–छोराको ज्यान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७८, शनिबार १७:५७
621
Shares
विराटनगर/ कोरोना सङ्क्रमणका कारण सुनसरीमा तीन दिनको अन्तरमा आमा–छोराको मृत्यु भएको छ । आमाको होम आइसोलेसनमा मृत्यु भएको हो । छोराको अस्पतालमा मृत्यु भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी आमाको बुधबार वेलुका घरमै र छोराको आज दिउँसो कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र केन्द्रका संयोजक बैजनाथ साहका अनुसार सुनसरी इनरुवा नगरपालिका–३ घर भएका ६५ वर्षीय पुरुषको आज दिउँसो साढे १ बजे मृत्यु भएको हो । सङ्क्रमित पुरुषको उपचारका क्रममा मुटु र श्वासप्रश्वासको समस्या जटिल बन्दै गएपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुधबार वृद्धाको मृत्यु भएको थियो । सोही दिन ६५ वर्षीय छोरालाई अस्पताल भर्ना गरिएको थियो ।

इनरूवा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका अन्य ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु होम आइसोलेसनमा रहेको इनरुवा नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर