AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरकी कोरोना सङ्क्रमित महिलाको विराटमा मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७८, शुक्रबार १०:५९
2.35k
Shares
विराटनगर / विराटनगरकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ की ५४ वर्षीया महिलाको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा आज बिहान मृत्यु भएको हो । कोरोना सङ्क्रमणका कारण निक्कै सिकिस्त बनेकी महिलाको आज विहान साढे ३ बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएपछि महिलालाई यहि वैशाख १४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ‘अस्पताल भर्ना गर्दा नै अवस्था धेरै गम्भीर,’ उनले भने, ‘तत्काल उपचार थाल्दै जीवितै राख्ने प्रयास गरिएको भए पनि सम्भव हुन सकेन ।’

देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि महिलामा श्वासप्रश्वासको समस्या थपिएको थियो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको जानकारी उनले दिए । देवले मृतक महिलाको शव व्यवस्थापनका लागि पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर