पूर्वाञ्चल खबर
विराटनगरमा हुने अधिवेशनमा देशैभरबाट ७ सय बढी प्रतिनिधिहरूको सहभागिता रहने बताईएको छ । वि.स. २०५२ सालमा स्थापना भएको परिषद्ले प्रत्येक २÷२ वर्षमा राष्ट्रिय अधिवेशन गर्दै आएको छ । दलीय राजनीतिभन्दा माथि रहेर विगत २५ वर्षदेखि परिषद्ले विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको बताईएको छ । “एक संकल्प राष्ट्रका लागी”भन्ने मुल नाराका साथ परिषद्ले क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा निरन्तर विभिन्नकार्यहरु गर्दै आएको परिषद्का राष्ट्रिय सचिव जिवन निरौलाले बताए ।
अधिवेशनमा साङगठनिक प्रशिक्षण, देशको समसामयीक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्ताव पारित गर्ने, विद्यार्थी परिषद्को केन्द्रीयकार्यकारिणी समिति परिवर्तन गर्ने जस्ता गतिविधिहरू हुने परिषद्ले जनाएको छ । विराटनगरमा अधिवेशन हुने भएपछि परिषद्मा आवद्ध विराटनगरका कार्यकर्ता तयारीमा जुटेका छन् ।