AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिकहरुलाई जीवनको उत्तारद्धमा खुशीसाथ बाँच्न सिकाउने कार्य उदाहरणीय हो– प्रदेश प्रमुख अधिकारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७७, सोमबार १९:३२
333
Shares
विराटनगर / जेष्ठ नागरिकहरुको मुहारमा सौन्दर्य ल्याउने कार्य उत्कृष्ट रहेको प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले बताएका छन् ।

धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिकामा सामाजिक विकास मन्त्रालय,पूर्वाञ्चल डेण्टल अस्पताल इटहरी र हेल्पिङ्ग युथ इटहरीको सहकार्यमा सञ्चालित तीन दिने ‘प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार’ कार्यक्रममको आज उद्घाटन गर्दै प्रदेश प्रमुख अधिकारीले जेष्ठ नागरिकहरुलाई जीवनको उत्तारद्धमा खुशीसाथ बाँच्न सिकाउने कार्य उदाहरणीय रहेको बताए ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकारको तर्फबाट शुरु गरिएको यस प्रकारको सामाजिक कार्यले जनताप्रति उत्तरदायित्व रहेको छ भन्ने अनुभूति गराउने विचार राखे । उनले छिन्ताङ, जालपा देवीको मन्दिर, भ्यूटावर , पाताल पार्क, शहिद स्मारक यस क्षेत्रको पर्यटकको आर्कषण गन्तव्यको केन्द्रको रहेको रुपमा रहेको बताए ।

यस क्षेत्रमा पर्यटकहरुको आवागमन वृद्धिका लागि सुविधासम्पन्न होटल, घरवास, स्वच्छ खानेपानी , सार्वजनिक शौचालय लगायतको व्यवस्थाका सम्वन्धित पक्षले ध्यान दिन प्रदेश प्रमुख अधिकारीले आग्रह समेत गरे । उनले सुन्तला उत्पादनका लागि प्रसिद्ध धनकुटामा आधुनिक कृषियन्त्रको प्रयाग गरी यस्को विकास र विस्तार गरि छिमेकी राष्ट्रमा निर्यात गरेमा आम्दानी राम्रो श्रोत हुनका साथै आर्थिक समृद्धि हुने बताए ।

प्रदेश प्रमुख अधिकारीले विसं २०३६ मा हत्या गरिएको १६ शहीदहरुको यस भूमिका जनप्रतिहरुले इमान्दार,निश्पक्ष जनउत्तरदायि रुपमा कार्य गरेकोमा खुशी व्यक्त गरे ।

प्रदेश प्रमुख अधिकारीले उक्त गाउँपालिकामा रहेको १६ शहीदरुको शालिकमा माल्यार्पण समेत गरे ।उनले प्रदेश सरकारको गत वर्षको बजेटवाट सोही स्थानमा निर्माण गरेको भौतिक संरचनाको अनुगमन गर्नुका साथै छिन्ताङ्देवीको दर्शन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर