AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिद्धिसकेका प्रचण्डलाई आफूले राजनीतिमा टिकाएको ओलीको दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७७, शनिबार १६:५१
693
Shares
विराटनगर / पूर्व प्रधान मन्त्री तथा केकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलत बाटो छोडेर आफूमा समाहित हुन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुनः आव्हान गरेका छन् ।

आज विराटनगरमा आयोजित जनसभामा बोल्दै ओलीले जनताको सागरमा सामेल हुन मन भए फर्किन आग्रह गगरेका हुन् । ओलीले अघि भने, ‘उहाँ फर्किने बाटोमा हुनुहुन्न, भिडबाट लडनेलाई राम भन्न सकिन्छ काध हाल्न सकिन्न ।’

सिद्धिसकेका प्रचण्डलाई आफूले राजनीतिमा टिकाएको दाबी गरेका छन । दुई–चार सिटमा खुम्चिने प्रचण्डलाई आफूले पार्टी एकतामार्फत बलियो बनाउँदै मैले जुरो हालिदिएको थिएँ, ठूलो जुरो भएपछि, अलिकति सिंङ पनि हाल्दिएको थिएँ, लामा सिंङ भएपछि उहाँमा अहंकार बढ्यो, उहाँले हामीलाई नै सिध्याउँछौं भनेर हिंड्नु भयो, अब उहाँको नियति असफलता बाहेक केही छैन,’ ओलीले भने, ‘उहाँ फर्किने बाटोमा हिंड्नु भएको होइन, उहाँ खिइँदै, खिइँदै हिंड्ने बाटोमा हिंड्नु भएको हो । अब उहाँको हविगत असफलता नै हो ।’

राजनीतिमा प्रचण्डले गलत बाटो छानेको बताउँदै ओलीले भने, ‘नेपाली जनताको चेतनालाई चुनौती दिनुभयो, विकासका बाटामा तगारो हाल्नु खोज्नुभयो । व्यवधान खडा गर्न खोज्नुभयो । त्यसैले अब उहाँले नेपालको राजनीतिमा सफलता पाउन सम्भव छैन ।’

वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको शरणमा पुगेको टिप्पणी गरेका हुन् । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने ओलीले बताए ।

प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको सभालाई इंगित गर्दै ओलीले विराटनगरमा सभा हेर्न आउन आग्रह गरे । ‘केही मानिसहरु यो पार्टीलाई सिध्याउन र विभाजित गर्नका लागि फुटको खेतिमा तल्लिन छन । अस्ति २÷४ हजार मानिस जम्मा गरेर मलाई धाक लगाउँदै थिए । केपी ओली जनताको अनुहार हेर्न आउ भनेर । म तिनीहरुलाई भन्छु, यतातिर पनि हेर्ने कि आएर, ? ’ ओलीले भने, ‘चन्द्रमाले मात्रै आजको सभा कत्रो छ भनेर देख्छ अरुले देख्न सक्दैन ।’

ओलीले विकास निर्माणको क्षेत्रमा सरकारले ऐतिहासिक तीब्रताको साथ काम गरेको बताउँदै अर्को वर्षमात्रै नेपाल विकासिल मुलुकमा स्तरउन्नति हुने दाबी गरे । विभिन्न तथ्यांक उल्लेख गर्दै उनले २०२२ सम्ममा विकासिल हुने र सन २०३० भन्दा अगाडि नै दिगो विकासको लक्ष्यमा पुग्ने दाबी गरे ।

ओलीले कोभिडविरुद्धको भ्याक्सिनका डोजहरु पनि चीनबाट ल्याउन लागिएको उल्लेख गर्दै, जनतालाई खान, लाउने, शिक्षा, स्वास्थ्यको पहुँमा पुग्न सक्ने अवस्था सिर्जना गर्ने, सामाजिक न्यायको क्षेत्रमा विभेद अन्त्य गर्ने, अन्धविश्वासमा नभएर आधुनिक, विकासित समाज निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर