AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सदन भंग गर्ने प्रधानमन्त्रीको कदम लोकतन्त्रको पक्षमा भएको ऐतिहासिक कदम हो– गृहमन्त्री थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७७, शनिबार १६:११
531
Shares
विराटनगर / प्रचण्ड–नेपाल समूहको हिटलर गोयबल्सका नयाँ अवतार भएको गृहमन्त्री तथा नेकपा (ओली समूह)का सचिवालय सदस्य रामबहादुर थापा –बादल)ले आरोप लगाएका छन् । उनीहरु जस्तै प्रचण्ड–नेपाल समुहको अन्त्य हुने दाबी गरेका छन् ।

ओली समूह आज विराटनगरमा गरेको वृहत सभालाई सम्बोधन गर्दै बादलले सो कुरा बताएका हुन् । गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई हिटलरजस्तै बन्न रुचाउनेहरूले प्रतिगमन भनेर दुष्प्रचार गरेको बताए ।

‘हामी चुनावमा जाने भनेर लागेका छौं,’ उनले भने, ‘चुनावमा जानु, ताजा जनादेशमा जानु अग्रगमन हो ।’

थापाले प्रचण्ड–नेपाल समूह अवसरवादी भएको आरोप लगाए । उनले सदन भंग गर्ने प्रधानमन्त्रीको कदम लोकतन्त्रको पक्षमा भएको ऐतिहासिक कदम भएको पनि दाबी गरे।

भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए ।‘निर्मला हत्याराको नजिक सरकार पुगिसकेको छ,’ उनले भने, ‘अब छिट्टै सफलता हात लाग्नेछ।’

प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै बादलले एकता अभियानबाट आतंकित भएर केही मन्त्रीले राजिनामा दिन भनेर हल्ला फिँजाएको बताए । ‘फुटवादीहरुले नयाँ ढंगले प्रयत्नहरु गरिरहेका छन् । काठमाडौंमा नयाँ भ्रम फैल्याउन प्रयत्न गरे । नेकपाबाट केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड–नेपाल समूहतिर फर्किदैछन् भनेर भ्रम फिँजाइरहेका छन् ? किन ?’, बादलले भने, ‘त्यो उनीहरुको एउटा आतंक र भयको अभिव्यक्ति हो । उनीहरुले गोयबलको साहरा लिएका हुन् ।’

‘हाम्रो नेतृत्वले जनताको बीचमा जाने, जनतालाई नै न्यायाधीश बनाउने त्यो नै लोकतान्त्रिक विधि र लोकतान्त्रिक प्रक्रिया हो,’ बादलले भने, ‘यो कसरी असंवैधानिक र प्रतिगामी भयो ? ।’

पुरानो संसद अस्थिरता निम्त्याउने थलोको रुपमा परिणत भइसकेको बादलको दाबी थियो । ‘अब नयाँ संसदले मात्रै देशमा स्थायित्व काम गर्न सक्छ, पुरानो संसद स्थायीत्व, सुशासन र समृद्धिको बाधक बनेको थियो र त्यसलाई संविधानले दिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले विघटन गर्नुभएको हो,’ उनले भने, ‘अबको नयाँ जनादेशले मात्रै देशमा स्थायीत्व र समृद्धिको पक्षमा उभिने संसद दिन सक्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर