AArya
RUMPUM
animated ellipse animated ellipse

रानी नाका खोल्न कागजमै सिमित, आवतजावत सहज हुनपर्ने माग गर्दै स्थानियसीको प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०७७, आईतवार १९:५७
918
Shares
विराटनगर / कोरोना महामारीको कारणले बन्द भएको भारतलगाय चिनसँग जोडिएको सिमा खुलाउन गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाईसकेको भएपनि नेपाल भारत सिमा अन्तर्गत पर्ने मोरङको रानी–जोगबनी नाका अझै सुचारु भएको छैन ।

मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन निर्देशन दिएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ गतेको मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी किनमेल, आफन्त भेटघाट, औषधि उपचार तथा घुमफिरका लागि नाकामा सहज हुनुपर्ने माग गर्दै आज स्थानिय रानी नाका आन्दोलन गरेका छन् ।

गृहको निर्देशनसँगै कागजी रुपमा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, खजुरगाछी, मोरङको रानी , सिरहाको माडर, रौतहटको गौर, बंकुल, पर्साको वीरगञ्ज, रसुवाको रसुवागढी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहिको बेलहिया, तौलिहवा, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाकाृ खलंगारपुलाघाट, बैतडीको झुलाघाट, सुनसरीको भन्टाबारी, सप्तरीको कुनौली, धनुषाको जटही, इनर्वा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, बाराको मटिअर्वा, सिम्रौनगढ, पूवी नवलपरासीको त्रिवेणी, पश्चिम नवलपरासीकाृ महेशपुर, दाङको कोइलाबास, बर्दियाको सुरजपुर र सिन्धुपाल्चोकको तातोपानी नाका खुला गरिएको हो ।

सोही क्रमा मोरङको पनि रानी नाका कागजी रुपमा मात्रै खुल्ला भएर व्यवहारमा नाका अझै सिल रहेको हुनाले शुक्रवारदेखिनै आवश्यक प्रयोजनको लागी भारत जान आउन नेपाली नागरिकहरुको बाक्लो चहल पहल बढेपनि कोहि मुख्य नाका भएर भारत जान र आउन पाएका छैनन । अहिले पनि उक्त नाका सर्वसाधारण नेपाली नागरिकहरु भारतको जोगबनी आवत जावत गर्न बिकल्पको अवैध बाटोहरु रोजनुपर्ने बाध्यता भएको सर्वसाधारणहरु बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर