AArya
RUMPUM
animated ellipse animated ellipse

‘प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन निर्माण हुनु पर्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७९, आईतवार १९:०४
135
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयको संख्या बढ्न सक्ने बताएका छन् ।

प्रदेशलाई अधिकार सम्पन्न बनाएपछि कार्य वोझका आधारमा १ वा २ वटा मन्त्रालय थपिन सक्ने उनको भनाइ छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले तत्काल चैँ मन्त्रालयको संख्या नबढाइने स्पष्ट पारे । ‘प्रदेश निजामति ऐन बन्नु पर्यो । प्रहरी प्रदेश मातहतमा आउनु पर्यो,’ उनले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुनहरु निर्माण हुनु पर्यो । त्यसपछि प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयहरु बढ्न सक्छन् ।’ अहिलेको अवस्थामा भने मन्त्रालय थप्न आवश्यक नरहेको कार्कीको भनाइ छ ।

मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले यसअघि नै १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाइसकेको छ । ‘अहिले प्रदेश सरकारको काम कारबाहीमा केही ढिलाइ भएजस्तो देखिएको छ,’ उनले भने, ‘अब सरकारले गति लिनेमा सबैलाई विश्वास दिलाउन चाहन्छु ।’

मुख्यमन्त्री कार्कीले अघिल्लो सरकारले जसरी हैकमवादी शैलीमा राजनीतिक नियुक्ति परिवर्तन नगर्ने बताए । ‘२०१७ साल पुस १ गते राजा महेन्द्रले नेपालका विधानका धाराहरू निलम्बन गरेर बहुदलीय शासन प्रणाली मिचेजसरी नै अघिल्लो सरकारले हैकमवादी शैली अपनाएर केही राजनीतिक नियुक्ति हटाएको थियो,’ उनले भने, ‘तर, म त्यसो गर्दिन । संस्था नै खारेज गर्ने पक्षमा छैन ।’

शेरधन राई नेतृत्वको सकारले गठन आदेशबाट ल्याएको सञ्चार प्रतिष्ठानलाई राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेर कानूनमार्फत संरचना निर्माणको प्रयास गरेको थियो । सरकारले प्रदेश आमसञ्चार सम्बन्धि बिधेयक तयार गरेर प्रदेशसभामा पेश गरेकोमा नेकपा एमालेका सांसद इन्द्रमणि पराजुली सभापति रहेको न्याय प्रशासन तथा विधायन समितिले बिधेयक रोकेर राखेपछि कानून बन्न सकेन ।

पराजुलीले नियतवस् बिधेयकलाई अड्काएर कानून बन्नबाट रोकेको आरोप लाग्दै आएको छ । मुख्यमन्त्री कार्कीले कानूनबाटै प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन् । अघिल्लो सरकारले तयार गरेको बिधेयकमा भने प्रदेश मिडिया काउन्सिल गठन गर्ने प्राबधान रहेको छ ।

यसैबीच प्रेस चौतारीको स्थापना दिवसको अवसरमा आज विराटनगरमा २ जना पत्रकारलाई पुरस्कृत गरिएको छ । ११ हजार १ सय रूपैयाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार दिनेश सुब्बा र १५ हजार ५ सय राशिको जनार्दन मैनाली पत्रकारिता पुरस्कार तेजेन्द्र भण्डारीलाई प्रदान गरिएको हो ।

मोरङ कानेपोखरीका सुब्बा धरानबाट प्रकासित हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत छन भने। विराटनगरका भण्डारी विराटनगरकै रातो तारा डटकम अनलाइनका सञ्चालक एवं सम्पादक हुन्। दुवै जनालाई मुख्यमन्त्री कार्कीले पुरस्कृत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर