AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापाबाट विराटनगर आएका यात्रु बसमै मृत अवस्थामा भेटिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७७, आईतवार १२:५९
2.7k
Shares
विराटनगर / विराटनगरस्थित बसपार्कमा रहेको यात्रुबहाक बस भित्र मृत अवस्थामा एक जना युवाको शव भेटिएको छ ।

झापाको कमल गाउँपालिका ४ केर्खाका २६ वर्षिय राजकुमार थापाको केर्खाबाट विराटनगर आउने जनसेवा यातायात प्रालीको मे १ ख ३३३३ नम्बरको बसमा मृत अवस्थामा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार ति युवक आज बिहान केर्खाबाट गाडीमा चढेका थिए । विराटनगरका लागि चढेका युवकलाई बसपार्कमा पुगेपछि मृत अवस्थामा भेटिएको उनले बताए ।

थापा मृगौला रोगी हुन् । घरबाट उनी उपचारका लागि भन्दै एक्लै विराटनगर आएका थिए । ‘ नेशनल किड्नी सेन्टरमा हिडेको देखिन्छ,’ डिएसपी राईले भने ‘प्रारम्भिक अनुसन्धानका क्रममा बस भित्रै मृत्यु भएको देखिन्छ ।’
गाडीका सबै यात्रुरुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएपछि गाडीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सीटमै मृत अवस्थामा फेला परेका युवक अन्य समयमा पनि सोही बसमा आउजाउ गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर