AArya
RUMPUM
animated ellipse animated ellipse

प्रचण्ड–माधव समूहले बहुमतको नाममा बन्धक बनाएको ताजा जनादेश लिन निर्वाचनमा जानु वाध्यता होे : मन्त्री ज्ञवाली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०७७, शनिबार २०:१५
360
Shares
विराटनगर / वर्तमान सरकार पूर्ण अवधिको भएकोले पहिले जसरी काम गर्ने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

नेपाल वुद्धिजीवी परिषद मोरङले आज विराटनगरमा आयोजित वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका आधारपत्र विषयक छलफल कार्यक्रममा उनले निर्वाचन आयोगको चुनावको कार्यक्रम सार्वजनिक नगरेसम्म सरकारलाई आचार संहिता नलाग्ने र सवै कार्य गर्ने प्रष्ट पारे ।

जनता समक्ष नयाँ जनमत लिन जानका लागि गरिएको संसद विघटन कार्य लोकतान्त्रिक रहेको मन्त्री ज्ञवालीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहले बहुमतको नाममा बन्धक बनाएको ताजा जनादेश लिन निर्वाचनमा जानु वाध्यता भएको प्रष्ट पारे ।
पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले संसद विघटन आकस्मिक नभएको चर्चा गर्दै जनताको पक्षमा कार्य गर्न नपाएको अवस्थामा वाध्यात्मक सिर्जनाले विघटन गर्नु पर्ने अवस्था आएको बताए । तोकिएको समयमा निर्वाचन हुने बताउदै मन्त्री ज्ञवालीले सरकारले जनताका लागि गरेको उपलव्धीहरुलाई घरघरमा पु¥याउन सबैसँग आग्रह समेत गरे ।

हाम्रो तर्फबाट विभाजन नभएको प्रष्ट पादै नीतिगत र सैद्धान्तिक ढंगले छुट्टिएर गएका समूहलाई प्रतिवाद गर्नुपर्नेमा पार्टीका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीलेजोड दिए । उनले सर्वोच्च अदालतका चार पूर्व न्यायाधिशले संसद विघटन सम्वन्धमा वक्तव्य जारी गर्नु शोभनियन नभएको चर्चा गर्दै विघटन सम्वन्धमा धारणा राख्न आवश्यक भए अदालतमा वहस गर्नु नै उत्तम हुने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामा जनता समक्ष जानु उपयुक्त भएको भन्दै संविधानमा संसद विघटन परिकल्पना नगरेको भन्नु गलत भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनबाट सत्ता हस्तान्तरण र महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दिएको विकल्प प्रचण्ड–माधव समूहलाई मान्य नभई जवरजस्ती सत्ताबाट हटाउन अविश्वास प्रस्ताव ल्याउन लागेकोले संसद विघटन गर्नुपर्ने वाध्यतात्मक अवस्था सिर्जना भएको बताए ।

मन्त्री ढकालले जनताको आर्थिक समृद्धि र विकासका लागि कार्य गरेको वर्तमान सरकारका नेतृत्व महाधिवेशनवाट निर्वाचित भएको अध्यक्ष केपी शर्मा ओली नै मूलधारको पार्टी भएकोले पराजित नेतालाई सत्ता सुम्पिनु विधि सम्वत नहुने बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–माधव समूहले सत्ता र पार्टी कव्जा गर्न विगतमा पार्टी एकता र गठवन्धन गरेको आज प्रष्ट भएको चर्चा गर्दै यस कार्यबाट आज सिङगो मुलुकका कार्यकर्ताहरुलाई वर्तमान सरकारप्रति एक ढिक्का बनाएको बताए ।

उनले विगत तीन वर्षको अवधिमा मुलुकमा विकास निर्माणले गतिलिएको अवस्थामा छुट्टिएर गएका समूहले मुलुक र राजनीतिलाई अस्थिरता बनाउन महत्वाकाँक्षाका साथ वर्तमान अवस्था सिर्जना गरेको आरोप लगाए ।
छलफलमा परिषदका मोरङ अध्यक्ष टीकाराम पुरी, अवधारणपत्र पत्र तयारी तारानाथ निरौला, डा. अर्जुनकुमार बराल र यज्ञप्रसाद शर्माले प्रस्तुत गरे ।
सो अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्यूनिस्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर