AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अवैध भारतीय रुपैयाँसहित भारतीय नागरिक विराटनगरमा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७७, शुक्रबार १९:०३
972
Shares
विराटनगर / विराटनगरमा अवैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत अररीयाका २५ वर्षीय सुजितकुमार रहेका छन् । उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट विहिबार साँझ ५ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । उनका अनुसार पक्राउ परेका सुजितको साथबाट पाँच सय दरका एक सय चारवटा भारतीय नोट फेला परेका छन् ।

सुजितको साथबाट जम्मा ५२ हजार भारतीय रुपैयाँ बरामद भएको थापाले बताए । नेपालमा पाँच सय दरका भारतीय नोट बोक्न प्रतिबन्ध छ । प्रतिबन्धित नोट साथमा बोकेर अवैध रुपमा नेपाल प्रवेश गरेको पाइएपछि पक्राउ गरिएका सुजितलाई आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी प्रनि थापाले दिए ।

पक्राउ परेका युवाले भने आफू नयाँ वर्ष मनाउन पैसा बोकेर नेपाल आएको बताएका छन् । उनले घुमफिरका लागि पोखरासम्म पुग्ने आफ्नो योजना रहेको पनि प्रहरीलाई सुनाएका छन् । तर कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सीमा नाका लामो समयदेखि सिल गरिएको छ ।

दुवै देशमा आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा प्रतिबन्धित नोट बोकेर भारतीय युवा नेपाल छिरेका हुन् । प्रहरीले भने नाका सिल भएको अवस्थामा नयाँ वर्षमा घुमफिर गर्ने बाहना बनाउँदै अवैध हुन्डी कारोबारको पैसा बोकेर उनी नेपाल आएको हुनसक्ने आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर