AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७७, आईतवार १७:३२
369
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको कार्यालय वडा नम्बर १ ले आफ्नो वडाका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

वडा नम्बर १ मा रहेको तीन वटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष उद्धव अर्यालले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा आएका छन्,’ वडाध्यक्ष अर्यालले भने, ‘कक्षा कोठामा दुरी कायम गर्ने, ज्वरो नाप्ने, सेनिटाइजर र मास्कको प्रयोग गर्ने जस्ता कुरालाई स्कुलले विशेष ध्यान दिएको छ ।’ कुनै विद्यार्थीलाई ज्वरो आएको रहेछ भने अभिभावकलाई बोलाएर उपचारका लागि सम्बन्धित ठाउँमा लैजान आग्रह गर्ने र व्यवस्था मिलाइ दिने अर्यालले भने ।

राधाकृष्ण भुपालमानसिंह कार्की मावि, सयपत्री आधारभूत विद्यालय र शिव आधारभूत विद्यालयलाई ज्वरो नाप्ने मेसिन, सेनिटाइजर मेसिनलगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर