मन्त्रालयका सचिव खत्रीसँग मन्त्री इआङबोले गरे कार्यसम्पादन सम्झौता

खबर पूर्वाञ्चल, २१ आश्विन २०७७, बुधबार १९:१७

विराटनगर / प्रदेश  १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले मन्त्री ईन्द्रबहादुर आङबोसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

सचिव खत्रीले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबित्र मन्त्री आङबोसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौता अनुसार प्रदेश सरकारको निति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्थाहरुलाई सहज ढंगबाट सम्पन्न गर्न सहयोग पुग्ने छ । कार्यविभाजन र कार्यसम्पादन नियमावलीले तोकेका कार्यहरुलाई समेत उल्लेख गरेर कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयका सचिव खत्रीले जानकारी दिए ।

यसअघि विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्री आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुशियैतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् ।

अघिल्लो आर्थिक बर्ष प्रदेश सरकारले ठुलाठुला पुर्वाधार निमार्ण गरेर तथा वैदेशिक लगानी भित्रयाएर आर्थिक वृद्धिदर दोहोर अङ्कमा पु¥याउने लक्ष्यका साथ बजेट निमार्ण गरेको थियो । तर कोरोना महामारीका कारण जनताको जीवन रक्षाका लागी प्रदेश सरकारले बजेटको मुल प्राथमिकताको क्षेत्र परिवर्तन गर्नुपरेको थियो ।

अहिले पनि प्रदेश सरकारले निर्धारित लक्ष्य अनुसारका पुर्वाधार तथा विकास निमार्णका कार्यहरुसहित मुल रुपमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र सामाजिक सुरक्षाका बिषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही अनुरुप चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा लैजाने प्रयास भईरहेको र कार्यसम्पादन सम्झौताले यसमा सहजता थप्ने मन्त्री आङबोले स्पष्ट पारे । कोरोना भाईरसको कारणबाट समग्र अर्थतन्त्रमा परेका प्रभावलाई चिर्दै निति तथा कार्यक्रमले निर्धारित गरेको लक्ष्यलाई भेटाउन कार्यसम्पादन सम्झौताले थप सहयोग पु¥याउने मन्त्री आङबोको बिश्लेषण रहेको छ ।

प्रदेश सरकारको कार्यलाई पारदर्शी र नतिजामुलक बनाउन कार्यसम्पादन सम्झौताको भुमिका महत्वपुर्ण रहेको जनाईएको छ । गत असोज १६ गते मात्रै आर्थिक मामिला तथा योजना मन्त्री आङबोले पनि मासिक बजेट र निति तथा कार्यक्रममा मन्त्रालयका तर्फबाट हुनुपर्ने कार्यहरुको बारेमा नितिगत हिसाबले भने प्रदेश १ का मुख्यमन्त्री राईसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५