AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पार्टीभित्र विवाद भयो भन्दैमा प्रधानमन्त्रीले राजिनामा दिनु हुदैन : नेता बास्कोटा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७७, आईतवार १३:४१
792
Shares
पत्रकार सम्मेलनमा बोल्दै पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पार्टीभित्र विवाद भयो भन्दैमा प्रधान्मन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने बताएका छन् ।

विराटनगरमा आज संचारकर्मीहरूसँग कुरा गर्दै नेता बास्कोटाले यस्तो बताएका हुन् । उनले विधि, प्रकृया भनेकै नेतृत्व महाधिवेशनबाट परिवर्तन हुने र प्रधानमन्त्री आम निर्वाचनबाट परिवर्तन हुने बताए । ‘उहिल्यै सिपि मैनालीलाई पाँचसात जना मिलेर फालेजस्तो अहिले सकिदैन, त्यसरी फाल्न थाल्ने हो भने नातिलाई डोको जिम्मा लगाए जस्तो हुन्छ नातिले पनि फाल्छ,’ उनले भने, ‘ उहाँहरु पाँच जनालाई जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन ।’

नेताबास्कोटाले अहिलेको पार्टीको विवाद छलफल र सम्वादबाट समाधान गर्न सकिने बताउँदै निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पुरा हुुनुपर्नेमा पार्टीका कार्यकता र आमजनताका चाहना रहेको बताए । नेता बाँस्कोटाले पार्टीको स्थायी कमिटीमा प्रधानमनत्री विरुद्ध पेश गरिएको राजनीतिक प्रस्ताव नभएर एउटा कण्ठा र आरोपपत्र रहेको प्रष्ट पारे ।

नेता बास्कोटाले प्रधानमन्त्री फेर्ने हो भनेपनि संसदीय दल फेस गर्नुपर्ने उनको भनाई थियो । ‘बहुमत सदस्यले आफ्नो बिचार राख्न सक्दछन् । प्रधानमन्त्रीको पदबाट हटाउन पार्टीको निर्णयले मात्र सम्भव छैन,’ उनले भने, ‘संवैधानिक विधि भनेको संसदीय प्रक्रिया हो । संसदीय प्रक्रियाबाट मात्र त्यो सम्भव छ । अरू सबै छक्कापन्जा मात्र हुन् ।’

प्रधानमन्त्री केपी ओलीलाई विधि, प्रकृया र अचरणको सर्टिफिकेट दिने हैसियत नेताहरुसँग नरहेको पनि उनले बताए । गुटगत भेलाहरुलाई सम्वोधन गर्न पूर्व आएका बास्कोटाले केपी ओलीलाई नेपाली जनताले मात्र क्यारेक्टर सर्टिफिके दिने जिकिर गरे । पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउन खोजिएकोप्रति उनले विरोध जनाए । बहुमत र अल्पमतले पार्टीलाई दुर्घटनामा पुर्याउने दावी गर्दै त्यसतर्फ जाने हो भने आउने चुनौति पार्टीहरुले व्यहोर्न तयार हुनुपर्ने उनको भनाई थियो ।

नेता बास्कोटाले प्रधानमन्त्रीबाट स्थायी कमिटीमा पेश गरिएको पत्र जवाफ मात्र भएको भन्दै उनले पार्टीलाई फुटबाट रोक्न दोश्रो पुस्ताका नेताले त्यसमा हस्तक्षेप गरी साझा सहमती कायम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिको नाममा हिंसा र व्यक्ति हत्या स्विकार्य हुनसक्दैन भन्दै कम्यूनिष्टको नाममा व्यक्ति हत्या खेदजनक रहेकोमा भत्र्सना समेत गरे ।

राजाबादीको प्रदर्शनका सम्वन्धमा उनले लोकतन्तको विकल्प छैन भन्दै यसमा व्यवस्था फेर्न सकिदैन र जनता निरंकुशता र कुडा करकट तिर नचाहेको बताए । नेता बास्कोटाले पार्टीको जिम्मेवार पदमा वसेका नेताका सम्वन्धमा उठेका नैतिकताका विषयमा हुने छानवीनका लागि पद त्याग गर्नु उचित हुने आफ्नो निजि विचार रहेको बताए ।

संवैधानिक निकायको खाली रहेको पदमा हुने नियुक्ति लागि वोलाइएको परिषदको वैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्छ भन्दै उनले अन्यथा निकाय कमजोर हुनाले सरकारले ध्यान दिई अध्याधेश ल्याउन सक्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर