AArya
RUMPUM
animated ellipse animated ellipse

एक करोडको स्वास्थ्य समाग्री रोटरी क्लवद्वारा हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७७, बुधबार १९:३१
459
Shares
विराटनगर / प्रदेश १ मा कोरोना महामारी नियन्त्रण र उपचारमा सहयोग पु¥याउन रोटरी क्लवले प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई एक करोड मूल्य बरावरको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गरेको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरे, महानगरपालिका प्रमख भीम पराजुलीलाई रोटरी क्लव अफ विराटनगर डाउनटाउन, विराटनगर, फिउजन र इ क्लव अफ सेन्ट्रल टेक्सास अमेरिकाको सहयोगमा एक थान पिसीआर मेशिन, आएनए एक्सट्राक्टर, सङ्क्रमितले प्रयोग गरेको समाग्री सफा गर्ने मेशिन एक थान , भेन्टिलेटर एक थान र ३० बेड(सम्पूर्ण सेट) गरी करीव रु एक करोड मूल्य बरावरको समाग्री हस्तान्तरण गरिएको छ ।

सामाजिक विकासमन्त्री घिमिरेले सवैको साझा दुष्मनको रुपमा रहेको कोभिडलाई प्रतिवाद गर्न हातेमालो गरि अगाडि वढ्नु पर्नेमा जोड दिदै कारोना सङक्रमितको सहज उपचारका लागि अत्याधुनिक सुविधा सहितको विराटनगरमा एक सय, धरानको विपीमा ५० र झापामा ५० बेडको अस्पताल निर्माण कार्य शुरु भएको जानकारी दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरवासीको स्वास्थ्यप्रति जिम्मेवार रही निःशुल्क रुपमा घरघरमा अक्सिजन, चिकित्सक परामर्श सेवा,जेष्ठ नागरिकको घरमा स्वाव सङ्कलन, स्वाब सङ्कलन र आइशोलनमा निर्माण कार्य गरेको जानकारी दिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति ज्ञानेन्द्र गिरीले कोरोना भाइरसको सफल उपचारका लागि अव आउन लागेका भ्याक्सिन नै अन्तिम अस्त्र भएको बताए । रोटरी क्लव डिष्ट्रिक गर्भनर राजीव पोखरेल,वासुदेव गोल्यान, गिरिजा शारडा,मनोज विक्रम शाह, दिप्ती तोदी, विकास राठी र विजु थपलियाले क्लवले मुलुकमा कोभिडको रोकथामका लागि २५ करोड वरावरको स्वास्थ्य समाग्री सहयोग गरेको जानकारी दिए ।

रोटरी क्लवले मोरङको रङ्गेली अस्पतालमा ८० लाख, प्रदेशका सामुदायिक विद्यालयका लागि इ लर्निङग सञ्चालन गर्न एक करोड २० लाख, गोल्छा आँखा अस्पताल विराटनगरलाई रु एक करोड ६० लाख वरावरको स्वास्थ्य उपकरण, र आगामी चार महिनामा सञ्चालन हुने तीन सामुदायिक विद्यालयको ह्याप्पी स्कूल बनाउन रु १ करोड सहयोग गरेको सोही अवसरमा वताइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर