AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रशासनलाई चुनौति दिर्दै संक्रमितको उपचार गर्दै म्याक्स अस्पताल, अस्पतालमा ११ संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७७, मंगलवार २०:४९
1.13k
Shares
विराटनगर / विराटनगरको महेन्द्रचौकदेखि १ सय मिटर दक्षिणमा रहेको म्याक्स अस्पतालले स्थानीय प्रशासनलाई चुनौति दिर्दै संक्रमितको उपचार गरिरहेको छ ।

अनुमतिविना कोरोना संक्रमितको उपचार बन्द गर्न स्थानीय प्रशासनले दिएको निर्देशन अटेर गरेको अस्पतालमा ११ जना संक्रमितको मृत्यु भएको छ । अनुमतिविना संक्रमितको उपचार गरेको भन्दै प्रशासनले २ साता अगाडि नै बन्द गर्न निर्देशन दिएको भएपनि अस्पतालले निर्देशन अवज्ञा गर्दै संक्रमितको उपचार गरिरहेको छ ।

प्रशासनले संक्रमितको कात्तिक २१ गते संक्रमितको उपचार बन्द गर्न निर्देशन दिएको थियो । तर, त्यसलाई अटेर गरि अस्पतालले संक्रमितको भर्ना लिँदै प्रशासनलाई चुनौति दिएको हो ।

उपचार गर्ने नाममा चर्काे शल्क असुल्दै आएको अस्पतालमा उदयपुर घर भएकी कोरोना संक्रमित महिलाको आइतबार साँझ ६ः३० बजेतिर मृत्यु भएपछि अस्पतालले प्रशासनको निर्देशन अवज्ञा गर्दै संक्रमित भर्ना लिइरहेको खुलेको हो । शनिबार भर्ना गरिएकी उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको म्याक्समा मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भने अस्पतालमा भर्ना भएपछि महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको दावी गर्दै स्वास्थ्य अवस्था गम्भीर रहेकोले कोभिड अस्पताल पठाउन नसकेको दावी गरे । प्रशासनको निर्देशनपछि नयाँ संक्रमितलाई भर्ना गर्न छाडिएको उनको दावी छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले म्याक्स अस्पतालले प्रशासनको निर्देशन अवज्ञा गरेको देखिएको बताए । संक्रमित भर्ना नगर्न निर्देशन गरेको अस्पतालमा संक्रमितको मृत्यु भएपछि छानबिन थालिएको प्रशासनले जनाएको छ ।

खाने कुरा र बस्ने बेडको राम्रो व्यवस्था नगरि गाईको गोठजस्तो कोभिड अस्पताल सञ्चालन गरेको पाइएपछि प्रशासनलाई लिखित स्पष्टिकरण सोधेर प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो । नयाँ संक्रमितलाई भर्ना गर्दै उपचार गरिरहेको खुलेका कारण कारबाही अघि बढाउन छानबिन थालिएको प्रजिअ निरौलाले जानकारी दिए ।

प्रशासनले सोमबार दिउँसो अस्पतालको अनुगमन गरेको छ । अनुगमन टोलीले दिएको जानकारीका आधारमा अस्पतालमाथि कारबाही अघि बढाइने प्रशासनले जनाएको छ । म्याक्स अस्पताललाई संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारबाही अघि बढाइनेछ ।

अस्पतालले नयाँ संक्रमितलाई भर्ना नलिएको दाबी गरिरहँदा सोमबार पनि अस्पतालमा तेह्रथुम घर भएका ६१ वर्षीय कोरोना संक्रमित पुरुष भर्ना भएको पाइएको छ । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि स्वीकृति लिन आवश्यक नरहेको दावी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर