खबर पूर्वाञ्चल
विराटनगरको सहिद मैदानमा आज भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।
जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले दपर्ण स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको लागि मोर्डन एराको तर्फबाट चिरिन्जवि भूजेल, रोसिक राई र अमन माझीले गोल गरे । खेलको प्लेर अफ द म्याच रोसिक राई घोषित भए ।
बिहिबार हुने पहिलो खेल एभरेष्ट र ग्रीनल्याण्ड, दोस्रो सनसाईन र पूर्बाञ्चल, तेस्रो सिद्धार्थ र सगरमाथा र चौथो खेल जेम्स र डिपिएस स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।