AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोनाका कारण विराटनगरमा ३ जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ मंसिर २०७७, सोमबार १८:१८
1.58k
Shares
विराटनगर / कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र मोरङमा तीन जनाको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना, विराट मेडिकल कलेजमा एक जना र म्याक्स अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो ।

काशसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका–४ की ८२ वर्षीया वृद्धा महिलाको आज बिहान बिहान ८ः३० बजे मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउनेलगायतका समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएकी वृद्धाको मृत्यु भएको हो ।

त्यस्तै इलामको सूर्योदय नगरपालिका–१० का ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा आइतबार राति मृत्यु भएको छ । अस्पतालको आइसोलेशन प्रमुख सुनिल देवका अनुसार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएकोमा आइतबार राति १०ः३० बजेतिर मृत्यु भएको हो ।

विराटनगरकै म्याक्स अस्पतालमा उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजेतिर मृत्यु भएको छ । मुटुमा पुरानै समस्या भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर