AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपालमा आज थप १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७७, आईतवार १८:३७
315
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ जना पुगेको छ । आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ७ सय ३३ , ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ गरी ९ सय ५७ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर