पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजयकुमार राजवंशी, २५ बर्षीय मोहनकुमार ओली, २४ बर्षीय दयालाल राजवंशी र २० बर्षीय अरुणकुमार राजवंशी रहेका छन् । उनीहरुलाई प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये मोहनकुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ७०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।