पूर्वाञ्चल खबर
विराटनगरमा आज पत्रकार सम्मेलन गरी एक दर्जन संघसंस्थाले कोरोना संक्रमणको त्रास देखाएर आस्था र विश्वासमाथि प्रहार गर्न नमिल्ने भन्दै उनीहरुले छठ मनाउन दिनुपर्ने माग गरेका हुन् ।
उनीहरुले छठ पर्व मनाउँदा आवश्यक स्वास्थ्य मापदण्ड स्वयंम पालना गर्ने बताउँदै ब्रत र अर्घ दिने कार्यमा मोरङ प्रशासनलाई सहजीकरण गरिदिन आग्रह समेत गरेका छन् । कोरोना महामारीका कारण आफ्नो धर्म र संस्कृतिसँग कुनै सम्झौता नगर्ने बताउँदै आज विराटनगरका ९ वटा संघसंस्थाले यस्तो माग गरेका हुन् ।
त्रिलोकीनाथ तथा छठपुजा मन्दिर विराटनगर, झरना चौक छठपुजा समारोह समिति, पिछरा वडा नम्बर ११ छठपुजा समिति, हिन्दुपरिषद नेपाल मोरङ, हलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल वैश्य युवा संघ मोरङ, मोरङ माछा व्यवसायी संघ र मरिक टोल संगठन विराटनगर–११ ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै छठ पर्व मनाउन प्रतिबन्ध लगाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् ।
विराटनगरका सन्तोष साहले अन्य सबै गतिविधि सञ्चालन भईरहेको बेला छठ पर्वमा रोक लगाउन खोज्नु गलत भएको बताए ।