AArya
RUMPUM
animated ellipse animated ellipse

आफ्नो गाउँलाई संगीतको माध्यमबाट संसारभर चिनाउँदै कलाकार उमेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०७७, शुक्रबार १२:४०
225
Shares
दिलीप घिमिरे
इनरुवा । सुनसरीको इनरुवा – ३ सखुवागाछी घर भर्इ हाल अमेरिकाको रिचमोड भर्जिनिया शहरमा बसेका गीतकार÷ संगीतकार उमेश रेग्मीले गीत, संगीतको माध्यमबाट आफ्नो गाउँलाई विदेशमा पनि चिनाउँदै आएका छन् । उनले आफ्नो जन्मभूमि इनरुवालाई संसारभर रहेका नेपाली भाषीहरु माझमा गीत, संगीतको माध्यमबाट परिचित गराउन लागि परेका हुन् ।

उमेश रेग्मीको शब्द र संगीत रहेको ‘सुनसरी ईनरुवा घुमेर हेरौँला, घर सोध्छौ भने ए सानू पूर्व ईनरुवा।।बोलको गीत बजारमा ल्याएका छन् । सो गीतमा नेपालका चर्चित गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ ।

अमेरिका बसाईका क्रममा यस वर्षमात्र दर्जनौ नेपाली गीतको रचना गरेका उमेशले शब्द संगीत रहेका गीतहरू नेपालका चर्चित गायकहरू स्वर दिएका छन् । हालै बजारमा आएको ‘बाबाको २ पैसे जागिर।। बोलको गीतमा चर्चित गायक रचना रिमालको स्वर रहेको छ भने उमेशको शब्द र सङ्गीत भरेका छन् । जागिरे जिवनको यर्थात चित्रण गरेको यस गीतलाइ अर्का चर्चित गायक विश्व नेपालीले यस अगाडी स्वर दिएका थिए ।

युबराज वाइवाको निर्देशनमा बनेको ‘बाबाको २ पैसे जागिर।। बोलको गीत म्युजिक भिडियो पनि बनाएका छन् ।

हाल अमेरिकामा बस्दै आएका उमेश सानैदेखिको गीत संगीतप्रति रुची राख्दै आएका थिए । संगितप्रतिको लगावका कारण मातृभुमि बाहिर रहेर पनि आफू जन्मे हुर्केको ठाँउलाई संसारभर गीत संगीतिको माध्यमबाट चिनाउन लागि परेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर