पूर्वाञ्चल खबर
लागूऔषध लिएर आउदै गरेको विराटनगर १५ रानी बस्ने ३१ वर्षिय शम्भु साह र सोही ठाउँका ३० वर्षिय बिकि राईको साथबाट लागूऔषधसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट अवैध लागु औषध डाईलेक्स डिसि ६२ बोतल, नाईट्रोजन टयाबलेट १८७ पिस, एसपी प्रोक्सिभन ट्याबलेट २ सय ३८ पिस सहित प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिप्रका मोरङमा ल्याईएको छ ।