AArya
RUMPUM
animated ellipse animated ellipse

युएनडीपीद्धारा ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७७, सोमबार १७:४४
234
Shares
विराटनगर / युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो ।

युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका समाग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनवहादुुर चन्दले हस्तान्तरण गरे ।

स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको वताए । कोभिड अस्पतालमा थप वेड विस्तार सहित १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुुख पराजुुलीले महानगरपालिकाले निजि स्तरको सहयोगमा अक्सिजन सहित एकसय वेडको अस्पताल सञ्चालनको तयारी गरिरहेको बताए ।

युएनडीपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर