पूर्वाञ्चल खबर
ईनरुवा ३ स्थित राजमार्ग एरियाबाट २ र कोशी गाँउपालिका ३ नहर चोकबाट १ जना पक्राउ परेका हुन् ।

इनरुवाबाट पक्राउ परेका दुवै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उनीहरुले लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल डाइलेक्स डिसी, ३९६० क्याप्सुल, स्पास्मो प्रोक्सीभोम प्लस र १३५० नित्राभेट ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी सुनसरीकै कोशी गाँउपालिका-३ नहर चोकबाट कमरुदिनलाई पक्राउ गरिएसंगै उनले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५ बोतल डाइलेक्स डिसी र ३२८ क्याप्सुल स्पास्मो प्रोक्सीभोम प्लस फेला बारी बरामद गरिएको हो ।
लागुऔषधसहित पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।