AArya
RUMPUM
animated ellipse animated ellipse

‘मिसन बुनिया’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७३, बुधबार ०७:३०
3
Shares
 ‘सन्धर्व सरस्वती पूजा’
रोशन हरि अधिकारी
शिक्षाकी देवी सरस्वतीको पूजाको आप्mनै महत्व छ । विद्यार्थी भएकाले मलाई सरस्वती पूजाले मज्जाले नै छुन्थ्यो ।
श्रीपञ्चमीका दिन सरस्वती माताको पूजा कम बुनियाको बढि याद आउछ मलाई ।
सानै देखि गुलियो खाने बानी भएर होला पूजाको फर्मालिटी पूरा गरेपछि मेरो मिसन नै बुनिया हुन्थ्यो ।

कक्षा १ पढ्दादेखि सरस्वती पूजा गर्न थालेको याद छ । सरस्वती माताको पूजा गर्न भन्दाबढि बुनियालागि धेरै संघर्ष गरेका छु मैले ।
एउटा स्कूलले विद्यार्थीले बुनिया पाउन कति संघर्ष गर्छ भन्ने बाध्यता कि उसलाई थाहा छ की मलाई ।
कक्षा ३ सम्म पढाई हुने म पढ्ने स्कूलमा विद्यार्थी कमै थिए । फोटोमा सरस्वती पूजा गरिन्थ्यो । पर्सादीको रुपमा बयर, उखु, मेवा, प्रसस्तै हुन्थ्यो तर बुनिया थोरै ।
सरस्वतीको पूजाको तयारी हुदै गर्दा बुनियाकालागि संघर्ष चलिरहन्थो हाम्रो ।
पूजा सकेपछि सवै विद्यार्थीलाई लाईन लाएर पर्सादी बाडनु हुन्थ्यो सर मिस र ठूला दाई दिदिले ।
साना केटाकेटी म कतिबेला आफनो पालो आउछ भनेर छटपटाई रहेका हुन्थे । बुनियाकालागि एक मिनेट लाइनमा बस्दापनि घण्टौ जस्तो लाग्थ्यो । पालो नआएकोमा खटपट खटपट हुन्थ्यो । अगाडी बस्नेले धेरै पायो की भनेर चिन्ता पनि ।
संघर्ष गरेर बल्ल बल्ल कागजमा पोको पारेको पर्सादी हातमा पथ्र्यौ । कागज खोलेर हेर्दा बुनिया भन्दाबढि त बयर, उखु र काचो मेवाको चाना हुन्थ्यो । उखु मेवा साइड लाएर बुनियामा पुग्थ्यो नजर । थोरै बुनिया फारु गरेर पेटमा जान्थ्यो भने मेवाको चाना सिधै भुईमा ।
सरस्वती पूजामा ‘टन्न’ बुनिया खाने मेरो सपना आफनो स्कुलमा पाएको पर्सादीले पुग्दैन थियो ।
पर्सादीको रुपमा पाएको बुनिया सक्ने वितिकै हुल बाधेर आधा घण्टा दौडिएर अर्काे स्कुलमा गएर लाईन बसिन्थ्यो ।
अर्कै स्कूलमा पनि बुनियाकालागि गर्ने संघर्ष कम थिएन ।
बुनियाकै लागि संघर्ष गर्दा एक पटक नमज्जाले ढाडमा पुण्य सरले लाठी बजार्नु भा थ्यो ।
स्कुल चाहार्ने क्रममा धेरै साथीहरु बुनिया नपाएर रित्तो हात फर्कन्थे । पर्सादी खाने आसमा एक घण्टा सम्मको बाटो धाएर रित्तै फर्कदाको पिडा मैलेपनि भोगेको छु ।
बुनियाकै लागि हुल बनाउदै एकदेखि अर्काे स्कूल सम्म पुग्थ्यौ हामी ।
बिहान ६ बजे तिर नुहाएर अगरवती, अक्षता र फुल लिएर घर नजिकै रहेको स्कुल आएको मलाई घर फर्कन बाह्र, एक बज्थ्यौ । आधा दिन सम्म एक दुई होइन तीन वटा स्कूलमा बुनियाकालागि संघर्ष गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर