AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७७, मंगलवार १७:३२
207
Shares
विराटनगर / लायन्स क्लब अफ विराटनगर पाथिभराले विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै कोरोना महामारीको चपेटाको चाँडै अन्त्य भई विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ दिवसका अवसरमा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।

विराटनगरस्थित सेन्ट्रल मलमा शान्तिको प्रतीक परेवाको चित्र बनाएर दीप प्रज्वलन गरिएको थियो । क्लबले नोपालीहरुमा सकारात्मक सोच कामनासमेत गरेर विश्वशान्ति दिवसको अवसर पारेर परेवाको चित्र एवं दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको क्लबकी अध्यक्ष गंगा खतिवडा (साह)ले बताइन् । क्लबका सबै सदस्यहरुको सक्रिय सहभागिता र सहयोगकै कारण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अध्यक्ष साहले बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ए–वानका मन्टिपल काउन्सिसल चियरमेन राजन खत्रीले विश्वशन्तिको प्रतीकका रुपमा रहेको परेवारको चित्र बनाएर दीप प्रज्वलन गर्ने काम प्रशंसनीय भएको बताए । उनले नयाँ सोचका साथ क्लबले विश्व शान्ति दिवस मनाएको धारणा राखे ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुप्रति स्मरण गर्दै समाजमा सकारात्मक सोचको विकास होस् भन्ने कामनाका साथ कार्यक्रम आयोजना गरेको क्लवकी सचिव अञ्जना कट्टेल सुवेदीले जानकारी दिइन् ।

क्लबले यसअघि कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी, पत्रकारलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुका साथै वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई भोजनसमेत गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर