AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा ३२ सहित प्रदेश १ मा ५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ५ सय नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७७, शनिबार १९:२६
675
Shares
विराटनगर / मोरङमा ३२ सहित प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुगेको छ ।

मोरङबाहेक सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ बाट आज ७१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र, सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आईसोलेसन, कालिसदन आईसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर