AArya
RUMPUM
animated ellipse animated ellipse

रोटरी क्बल विराटनगरका अध्यक्षमा भट्टराई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ असार २०७७, बुधबार १९:४६
3
Shares
विराटनगर / रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन भएका छन् । भट्टराई सन् २०२०÷०२१ को लागि रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् ।

विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहेका भट्टराईले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम आयोजना गर्ने बताए । विराटनगर महानगरपालिका भित्रमा विराटनगर ग्रिन अभियान संचालन गर्ने उनले बताए । ‘मेरो कार्यकालमा महानगर क्षेत्रको मुख्य शहरमा वृक्षारोपण गरि ग्रिन सिटीको अभियानलाई अगाडी बढाउने लक्ष्य लिएको छु,’ भट्टराईले भने । उनका अनुसार ग्रामिण बस्तीहरूमा समेत पुगेर सामाजिक कार्यलाई अगाडी बढाउने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर