RUMPUM
animated ellipse animated ellipse

सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ मंसिर २०७८, आईतवार १८:१३
1.15k
Shares
विराटनगर/ ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा सनरेले विराटनगरको बिकेभिएम स्कूललाई ५–० गोलले पराजित गरि सनरे क्वाटरफाइनलमा पुगेको हो ।

जितको लागि सनरेका आशाराम खवास र बिवेक बस्नेतले २–२ गोल गरेका थिए भने अमन खवासले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सनरेका बिवेक बस्नेत घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा विराटनगरको मोर्डन ऐरा स्कूलले अपर्ण स्कूललाई २–० गोलले हराउँदै मोर्डन ऐरा क्वाटरफाइनलमा प्रवेश गरेको छ । जितको लागि मोर्डन ऐराका आयुष थापाले दुई गोल एक्लै गरेका थिए । मोर्डन ऐराका आयुष खेलको म्यान अफ द म्याच घोषित भए ।

सोमबारको पहिलो खेल विराटनगरको सिद्धार्थ र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकेडेमी बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल विराटनगरको सगरमाथा र डिपिएस स्कूल बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर