AArya
RUMPUM
animated ellipse animated ellipse

डीएसपी गौतमलाई विदाई गरे निः शुल्क खाना खुवाउने अभियानले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०७७, बुधबार १७:१७
2.48k
Shares
विराटनगर / निः शुल्क खाना खुवाउने अभियानले वडा प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदप्रसाद गौतमलाई विदाई गरेका छन् ।

विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ ले निम्त्याएको कठिन परिस्थितिमा सडक पेटीमा निः शुल्क खाना खुवाउदै आएका वोसिम आलमका टिमले डीएसपी गौतमलाई विदाई गरेका हुन् ।

कठिन परिस्थितिमा युवाहरु एक जुट भएर भोकाएको पेट भर्नु अझै पनि मानवता जिवित नै छ भन्ने सन्देश दिएको वडा प्रहरी कार्यालय प्रमुख डीएसपी गौतमले बताए । उनले भने,‘यस्तो कठिन परिस्थितिमा पनि हौसलाका साथ युवाहरु ख्टिरहेका छन्, उहाँहरुको कामले म धेरै प्रभावित भएको छु ।’ आफ्नो कार्यक्षेत्र जहाँ रहे पनि निशुल्क खाना खुवाउने अभियानको काम र टिम वर्क प्रेरणाको श्रोत नै रहेने डीएसपी गौतमको भनाई छ ।

डीएसपी गौतमले १५ महिने कार्यकालमा आफ्नो क्षेत्रमा समुदायसँगको समन्वयमा शान्ति सुरक्षा राख्न सफल भएको युवा नेता वोसिम आलमले बताए ।

डीएसपी गौतमले विगतका दिनहरुदेखि नै निः शुल्क खाना खुवाउने अभियानको टिमलाई आफै फिल्डमा आएर खाना बाडेर साथ सहयोग, हौसला दिँदै आईरहेको आलमको भनाई छ । उनले भने, विगतको लामो समयको लकडाउनदेखि नै खाना खुवाउने निशुल्क हाम्रो अभियानलाई एसपी विश्व अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्कासँगै सुरक्षा निकायबाट साथ सहयोग मिलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर