AArya
RUMPUM
animated ellipse animated ellipse

चिर्पट प्रहार गरी हत्या, हत्यामा संग्लग्न पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ श्रावण २०७७, बिहीबार १२:१६
3
Shares
खोटाङ / खोटाङको केपिलासगढी गाउँपालिका १ का २७ बर्षीय राकेश राईलाई ५६ बर्षीय जबरधन राईको हत्याको आरोपमा पक्राउ गरिएको छ ।

गत २० गते राती पौने ९ बजेको समयमा स्थानीय ५६ बर्षीय जबरधनसंग सामान्य विवाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाईते भएका जबरधनलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका राकेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर