AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चोरीमा संग्लग्न ४ जना ईटहरीबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०७७, मंगलवार १७:५३
3
Shares
सुनसरी / बसमा लुटपाट गर्ने ४ जनाको समुहलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

श्रावण ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका ८ का ५७ बर्षीय डम्बरप्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६ सय चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोसी गाउँपालिका ३ का ३६ बर्षीय जितबहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका ५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका ८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सनबहादुर लामा तामाङ र तिमाल गाउँपालिका २ का २६ बर्षीय कमल लामा रहेका छन् । यो समुहले ईटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा हिजो दिउँसो तरहराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार ९ सय बरामद गरेको छ ।

पक्राउ परेको यो समुह चोरी गर्नकै लागी काठमाण्डौबाट श्रावण ८ गते पूर्वतर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

उनीहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको तथा सोही घटनामा अन्य दुई जनाको संग्लग्नता रहेको खुल्न आएकोले उनीहरुको समेत खोजतलास भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर