विराटनगर, माघ १५ /अन्तरपार्टी महिला सञ्जाल मोरङले स्थानीय निकायको निर्वाचनमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै सभामुख ओनसरी घर्तीलाई ज्ञापनपत्र बुझाएको छ ।
सञ्जालका पदाधिकारीले सभामुख घर्तीलाई आज विराटनगर आउने क्रममा विराटनगर विमानस्थलमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् । निर्वाचन कानुनमै ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्र महिला सन्जालकी उपाध्यक्ष विमला दाहालले सभामुख घर्तीलाई हस्तान्तरण गरीन ।
ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले आफुले सवै क्षेत्रमा महिला सहभागिताका लागि विशेष पहल गर्ने आशवासन दिइन । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका महिला नेतृहरुको सहभागिता रहेको थियो ।