ब्यूटिसियनलाई चुनाव लाग्यो, प्रदेश अध्यक्षमा आशा र महासचिवमा कला डाँगीको उम्मेदवारी

खबर पूर्वाञ्चल, ८ भाद्र २०७८, मंगलवार १८:०८

विराटनगर / राष्ट्रिय सौन्दर्यकर्मी यूनिय नेपाल प्रदेश १ को नयाँ नेतृत्व चयनको लागि मंगलबार दोस्रो अधिवेशन हुने भएको छ ।

कोभिड १९ को कारण भर्चुयल माध्यमबाट हुन लागेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध भएको उक्त यूनियनको सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न लागि परेका छन् । यूनियनको अध्यक्षमा वर्तमान अध्यक्ष रहेकी आशाकुमारी लिम्बु माबोले पुनः दोहर्याउने भएकी छिन् । यस्तै सौन्दर्यकर्मी यूनियन प्रदेशको महासचिवमा कला डाँगीले उम्मेदवारी घोषणा गरेकी छिन् ।

लामो समयदेखि सौन्दर्यकर्मीमा आवद्ध भएर ब्यूटिसियनहरूको हकहितमा काम गरेको कारणले डाँगी सर्वसम्मत रूपमा महासचिवमा चयन हुने सम्भावना बढी रहेको स्रोतले जानकारी दिएको छ । यसअघि सौन्र्दयकर्मी युनियको सदस्य भइसकेकी डाँगी २०७२ सालदेखि ब्युटिसियन क्षेत्रमा रहेर सौन्र्दयकर्मीहरूको हकहितमा लागि परेको कारणले नेतृत्वमा ल्याउनुपर्ने यहाँका ब्युटिसियनहरूले बताउने गरेका छन् ।

यसअघि मोरङको सौन्दयकर्मी युनियको सचिव रहदा पनि डाँगीले ब्युटिसियनहरूलाई आत्मनिर्भर बनाउन विभिन्न खाले कार्यक्रम र क्षमता अभिवृद्धि गर्ने तालिमहरू ल्याउने गरेकी थिइन् । त्यही भएर पनि उनी सौन्दर्यकर्मीहरू बिच लोकप्रिय भएकोले सबैको साथ सहयोगको कारणले प्रदेशको महासचिबमा उम्मेदवारी घोषणा गरेको बुझिएको छ । ‘यसअघि पनि विभिन्न पदमा बसेर काम गरेको अनुभव रहेको छ,’ महासचिबमा उम्मेदवारी घोषणा गरेकी डाँगीले भनिन्, ‘नेतृत्वमा पुगेपछि आफु सधैभरी ब्यूटिसियनहरूको हकहितमा क्रियाशिल भएर लागि पर्नेछु । त्यसको साथै सौन्दर्यकर्मीहरूको क्षमता अभिवृद्धी गर्नुको साथै आत्मनिर्भर बनाउन पनि आफु सधैभरी लागि पर्नेछु ।’ उनले सौन्दर्यकर्मी महासंघको महासचिबमा उम्मेदवारी घोषणा गरेपछि सोमबारसम्म अन्य कसैले पनि उक्त पदमा उम्मेदवारी नदिएको बुझिएको छ ।

युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहेकी डाँगी २०६० सादेखि राजनितीमा आवद्ध छिन् । नेकपा एमालेमा आवद्ध रहेकी डाँगी विद्यार्थीबाट राजनैतिक सुरू गरेकी हुन् । यसअघि अनेरास्वीयूमा पनि आवद्ध रहेकी डाँगी अहिले विभिन्न सामाजिक संघसंस्थाहरूमा पनि आवद्ध भएर सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५