खबर पूर्वाञ्चल
अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो ।
भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए । अभियान समापन गर्दै अध्यक्ष ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताए । संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीले बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको समेत बताए ।
गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भञ्ज्याङसम्म चलेको मध्यपहाडी संकल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनले बताए ।
तपाईको प्रतिक्रिया