AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सरकार निर्वाचनप्रती गंभिर छैन– नेम्वाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार १६:२७
3
Shares
फाइल तस्वीर
विराटनगर, माघ १५ /नेकपा एमालेको उपनेता सुवासचन्द्र नेम्वाङले सरकार निर्वाचनप्रती गंभिर नभएको वताएका छन् ।
विराटनगरमा आज विहान संचारकर्मीसँग कुरागर्दै नेता नेम्वाङले मुलुकका अगाडी निर्वाचन गर्नुको कुनै विकल्प नरहेपनि सरकार अहिले निर्वाचप्रती गंभिर नभएको वताए ।
पुर्व सभामुख समेत रहेका नेम्वाङले निर्वाचनका लागि आवश्य कानुन समेत संसदमा पेश गर्न सरकारले आलटाल गरिहरको आरोप समेत लगाए ।
अहिलेसम्म दुई वटा कानुन मात्र संसदवाट पास भएको छ भन्दै उपनेता नेम्वाङले निर्वाचनको लागि आवश्यक अन्य चारवाट विद्येकको मस्यौदा समेत ल्याएको छैन यसवाट सरकारको नियत उदाङगो भएको छ सरकार कुनै पनि हालतमा निर्वाचन नगराउने पक्षमा देखिदैन ।
उपनेता नेम्वाङले निर्वाचनको मिति घोषण गराउन सरकारको कार्यकारी अधिकार भएकाले तत्काल निर्वाचनको मिति घोषणा गरेर आवश्य कानुन निर्माणका लागि अगाडी वढनु पर्ने भनाई थियो ।
उनले असन्तुष्ट दलहरुका मागका विषयमा एमाले सधै छलफल गर्ने तयार रहेको भएपनि तर सहमतिको नाममा निर्वाचनलाई पछाडी धकेल्ने कुरा स्विकार्य नहुने भनाई थियो ।
नेता नेम्वाङले भने मधेसी दलहरुले पनि यही सरकारलाई समर्थन दिएका छन उनीहरुले संविधान कार्यान्वन गर्न र निर्वाचनमा सहभागी हुनवाट भाग्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर