बलिउड अभिनेत्रीको अजब-गजबको फेसनले बेलाबखत माहौल तातिने गर्छ । हुनपनि उनीहरु यस्तो पहिरनमा पर्दापण हुन्छन्, जसले जिब्रो टोक्न बाध्य तुल्याउँछ ।
कहिले पार्टीमा त, कहिले एयरपोर्टमा बलिउड सुन्दरीहरु पारदर्शी पहिरनमा देखापर्छन् । श्रद्धा कपुर होस् वा कैटरिना कैफ वा अघिल्लो छिमलकी बिपाशा बसु होस् वा मल्लिका शेरावत, पारदर्शी परदर्शी पहिरन देखिएका छन् ।
रलिया भट्ट
स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यु गरेकी आलिय ‘मर्डर-३’को स्क्रिनिङमा निलो रंगको पारदर्शी टप्समा झुल्किएकी थिइन् । फिल्मको अभिनयले भन्दा पनि यहि पारदर्शी पहिरनको कारण उनको चर्चा चुलियो । त्यसो त पूजा भट्टकी बहिनी, महेश भट्टकी छोरीलाई यस्तो बोल्ड स्वरुपमा देखिनु नौलो पनि भएन ।
दीपिका पादुकोण
मुम्बईको एयरपोर्टमा दीपिका पादुकोण पारदर्शी पहिरनमा प्रस्तुत भइन् । भर्खरै मात्र पनि दीपिका बोल्ड पहिरनको लागि चर्चामा आइन् । आफु अभिनित हलिउड फिल्मको प्रिमियरमा सहभागी बन्न पुगेकी उनको उदाङ्गो पहिरनले राम्रै हल्लीखल्ली मच्यायो ।
सन्नी लियोनी
पोर्न उद्योगबाट बलिउड छिरेकी सन्नी लियोनीको लागि शरीर उदाङ्गो पार्नु ठूलो कुरा भएन । ‘जस्म-२’बाट बलिउड डेब्यु गरेकी उनी फिल्म ‘ज्याकपट’को स्क्रिनिङमा कामुक पारदर्शी पहिरनमा देखा परेकी थिइन् ।
श्रद्धा कपुर
प्रसंग ‘रक अन-२’ ट्रेलर सार्बजनिक गर्दाको हो । फरहान अख्तर स्टारर ‘रक अन-२’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा पुगेकी श्रद्धाको पहिरन हेर्नलायक थियो । पारदर्शी पहिरनमा ठाँटिएकी उनले ‘रक अन-२’मा गीत समेत गाएकी छिन् ।
कटरिना कैफ
अभिनेत्री क्याटरिना कैफ पनि पारदर्शी आउटफिटमा देखा परेकी थिइन् । प्रसंग हो, २०१५ को । मुम्बाई एयरपोर्टमा उनी यस्तो हट लुक्समा भेटिएकी हुन् । त्यसो त यसअघि रणबीर कपुरसँग एक समुन्द्री किनारमा बिकिनीमा समेत उनको फाटो बाहिर आएको थियो ।
रेजिना क्यासेन्ड्रा
रेजिनाले तेलुगु, तमिल र कन्नड फिल्ममा अभिनय गरेकी छिन् । उनले ‘आँखे २’बाट बलिउड डेब्यु गर्दैछिन् । उनीपनि निकै कामुक हाउभाउका साथ पारदर्शी पहिरनमा देखापरेकी थिइन् ।
मल्लिका सेरावत
मल्लिका यसैपनि हट अभिनेत्री हुन् । उनले हलिउडमा समेत आफुलाई चिनाइसकेकी छिन् । फिल्म ‘इनग्लोरियस ब्रास्टर्डस्’ को पि्रमियरमा उनी निकै पारदर्शी पहिरनमा देखा परेकी थिइन् ।
बिपसाको बासु
फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डरको फोटोसुटमा उनी पारदर्शी पहिरनमा देखिएकी थिइन् । यस्तो पहिरनमो उनको सौन्दर्य निकै खुलेको थियो ।
सोफी चौधरी
गायिका एवं नृत्यंगाना सोफी चौधरी एक अवार्ड समारोहमा यति पारदर्शी पहिरनमा प्रस्तुत भइन् कि, देख्नेहरु भुतुक्कै भए । प्यारके साइड इफेक्ट्समा पनि सोफीको ड्रेसिङ सेन्स धेरै आकर्षक थियो ।
शार्लिनको चोपडा
शर्लिन सिनेमामा बोल्ड सिन दिन खासै कन्जुस्याँई गर्दिनन् । कामसूत्र फिल्मको कारण पनि उनको चर्चा हुने गरेको छ । कान्स फिल्म फेस्टिभलमा उनी निकै पारदर्शी पहिरन लगाएर रेड कार्पेटमा हिँडेकी थिइन् ।
जरीन खान
बोल्ड सिनका कारण बेलाबखत चर्चामा रहने जरीन खान पनि पारदर्शी पहिरन लगाउनमा खासै परहेज गर्दैनन् । २०१४ मा उनको यस्तो लुक्सको सर्बत्र चर्चा भएको थियो ।
नरगिस फखरी
बोल्ड फोटोसुट गर्ने र वेस्र्टन पहिरनमा ठाँटिने नरगिसले एक इभेन्टमा यस्तो पारदर्शी पहिरन लगाइन्, जसले सबैको ध्यान खिच्यो । अनलाइनखबर