AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा १०२ कोरोना संक्रमित पुग्दा प्रदेश १ मा ४१६ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७७, बुधबार २०:०८
3
Shares
विराटनगर / आज मोरङमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १ सय नाघेको छ ।

मोरङको रतुवामाई नगरपालिकामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या १ सय २ पुगेको होे । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १६ रहेको जनाएको छ । सवैभन्दा बढी झापामा १ सय ७६ जनामा संक्रमितरहेका छन् भने दोस्रोमा मोरङ रहेको छ ।त्यस्तै सुनसरीमा ६२ र उदयपुरमा ४७ जना रहेको छ ।

आजै प्रदेश १ मा १६ जना थपिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । मोरङमा सबैभन्दा बढी कोरोना संक्रमित रतुवामाई नगरपालिकामा छन । आजसम्म नगरपालिकामा संक्रमितको संख्या ५४ पुगेको छ ।

रतुवामाई पछि सुनवर्षी नगरपालिकामा २८ जना कोरोना संक्रमित भेटिएका छन् । विराटनगर, पथरीशनिचरे, लेटाङ, सुन्दरहरैचालगायत स्थानीय तहमा गरी जम्मा १०२ जना कोरोना संक्रमित भेटिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर