खबर पूर्वाञ्चल
प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार थपिएका २० सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको हो ।
आज मोरङमा ९, झापाका १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको हो । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २–२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ का संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ । प्रदेश १ मा संक्रमित देखिएकामध्ये ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।