AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्टस् मिट शनिबारदेखि सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७३, शुक्रबार १६:२०
3
Shares
विराटनगर, माघ १४ /उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा शनिबारदेखि हुने हिसान स्पोर्टस् मिटको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।
विराटनगरमा आज शुक्रबार पत्रकार सम्मेलन गर्दै हिसान मोरङले शविबारदेखि सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, टेबल टेनस र दौड गरी ५ वटा खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने छन् ।
सात दिनसम्म चल्ने मोफसलकौ सर्वाधिक ठूलो विद्यालयस्तरीय प्रतियोगितामा मोरङका २१ वटा उच्च माविका १२ सय खेलाडीको सहभागिता रहने छ । विगत ९ वर्षदेखि हिसानले मोरङमा प्रत्येक वर्ष हिसान स्पोर्टस् मिट संचालन गर्दै आएको छ ।
सम्पूर्ण खेल सम्पन्न गर्न ६ लाख ३१ हजार खर्च हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए । प्रतियोगिता संचालनका लागि हुने खर्चका लागि प्रवेश शुल्कबाट ३ लाख संकलन गर्ने र शिल्ड तथा पुरस्कार इस्लिङ्टन कलेज काठमाडौंले व्यहोर्ने छ । भने अन्य बाँकी खर्च हिसान आफैंले व्यहोर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर