AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्व.सेन हत्याको निश्पक्ष छानवीन हुनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ जेष्ठ २०७७, मंगलवार १९:४३
3
Shares
विराटनगर /प्रेस संगठन नेपाल मोरङद्वारा पत्रकार एवं साहित्यकार स्व. कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवस आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले स्व. सेनको हत्याको निश्पक्ष छानविन हुनुपर्ने र दोषी माथि कारवाहीको माग गरे ।

संगठनका मोरङ अध्यक्ष सुदिप कोइराला, वरिष्ठ पत्रकार यज्ञ शर्मा संगठनका केन्द्रीय सदस्य गोकुल पराजुली, नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष वन्धु पोखरेललगायतले स्व. सेनको व्यक्तित्वको चर्चा गर्दै उहाँको हत्यावाट राष्ट्रलाई अपरणीय क्षति भएको विचार व्यक्त गरे ।

सोही अवसररमा संगठनले कोभिड–१९ समाचार सङ्लनमा अग्रपङतिमा खट्ने पत्रकारहरुलाई ‘प्रेस ज्याकेट र मास्क वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर