AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा २८२ संक्रमित पुग्दा इलाममा पहिलो पटक देखियो संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७७, मंगलवार २०:२५
3
Shares
विराटनगर/ प्रदेश १ मा आज ५ जना नयाँ सैक्रमित थपिएसँगै प्रदेश १ मा २ सय ८२ संक्रमित पुगेको छ ।

इलाममा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । भारतको चेन्नाईबाट आएका सूर्योदय नगरपालिकाका २६ वर्षीय युवाको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितलाई उपचारको लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

इलामसहित मोरङको रतुवामाईका २ पुरुष, जहदाका १ पुरुष र सुनसरीको बराहक्षेत्रका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । प्रदेशमा आजसम्म १ सय १८ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा १४ जिल्लामध्ये ओखलढुङ्गाबाहेक १३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ बाट आज २८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै झापाको कचनकबल गाउँपालिकाका रहेका छन् । उनीहरू १८ देखि ५६ वर्षका उमेर समूहका पुरुषहरू रहेका छन । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १ सय १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर