पूर्वाञ्चल खबर
शनिवार दिउँसो रेवन्त विकको १० बर्षीय छोरा सरोज विक रउनकै भान्जी १० बर्षीया ऐलिना विक छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न भनी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा आज दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईरहेको तेह्रथुम प्रहरीले जनाएको छ।